Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

महाकालीमा बेपत्ता सशस्त्रका असई थारुको शव पाँच दिनपछि फेला

महाकालीमा बेपत्ता सशस्त्रका असई थारुको शव पाँच दिनपछि फेला

काठमाडौँ : महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ। भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका थारुको शव पुलको तारमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

गत शनिबारदेखि बेपत्ता भएका थारुको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको थियो। नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट