Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दसैँ, तिहार र छठ ढुक्क भएर मनाउन चितवन प्रहरीको आग्रह

दसैँ, तिहार र छठ ढुक्क भएर मनाउन चितवन प्रहरीको आग्रह

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले दसैँ, तिहार तथा छठ पर्व ढुक्क भएर मनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।चाडपर्वलाई लक्षित गर्दै चितवन प्रहरीले जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ७९७ जना प्रहरी परिचालन गरिएको एसपी पौडेलले जानकारी दिएका छन् ।चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले चेकजाँच तथा निगरानीलाई कडा बनाउने जनाएको छ । साथै, आवश्यकताअनुसार तालिमप्राप्त कुकुर परिचालनलगायतका सुरक्षा उपाय अपनाइने एसपी पौडेलले बताए ।

दसैँको अवसरमा जुवा, तास तथा लङ्गुरबुर्जा खेल्ने र खेलाउने गतिविधि भएमा तत्काल प्रहरीलाई जानकारी गराउन उनले सर्वसाधारणसँग आग्रह गरेका छन् । यस्ता गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनले चेतावनी दिएका छन् ।चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सक्रिय रहने जनाउँदै चितवन प्रहरीले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट