Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

चितवनको कालिकामा अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी

चितवनको कालिकामा अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी

चितवन : चितवनको कालिका नगरपालिका–५ स्थित विकासशील टोलमा पराल लोड गरिएको ट्याक्टरमा अज्ञात समूहले आगजनी गरेको छ। कालिका–५ का वडाध्यक्ष दीपकबहादुर भट्टराईका अनुसार आशिष महतोको खेतबाट १५ कठ्ठाको पराल बोकेर ल्याउँदै गरेको ना.५ त ८१८२ नम्बरको ट्याक्टरमा शुक्रबार राति आगजनी गरिएको हो। उक्त ट्याक्टर अणबहादुर पाण्डेको रहेको उहाँले जानकारी दिनुभयो।

आगजनीबाट ट्याक्टरको ढालामा क्षति पुगेको छ भने ट्याक्टरमा लोड गरिएको सम्पूर्ण पराल जलेर नष्ट भएको छ। स्थानीयवासी र पदमपुर प्रहरीको टोलीले समयमै आगो नियन्त्रणमा लिने प्रयास गरे पनि पराल सुक्खा भएका कारण आगो तीव्र रूपमा फैलिएको प्रहरीले जनाएको छ।

घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। आगजनी कसले र किन गरेको भन्ने खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको र आगजनीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पदमपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij