काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दसैँ, तिहार र छठजस्ता चाडपर्व आफ्नो आर्थिक अवस्थाअनुसार मनाउन आग्रह गरेका छन्।
उनले चाडपर्वका नाममा ऋण लिने र देखावटी खर्च गर्ने प्रवृत्ति त्याग्न नेपालीलाई सुझाव दिएका हुन्। बडादसैँ, तिहार र छठको शुभकामना दिँदै साम्पाङले उपलब्ध खानेकुरामै चित्त बुझाएर भए पनि ऋण नलिई चाडपर्व मनाउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऋण काढेर चाड मनाउनु हुँदैन! साग सिस्नु जे छ त्यही खाएर चाड मनाउनु होला! देखावा गर्नु हुँदैन!’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij