Logo

Oct 24 2026 | २०८३, कार्तिक ८गते

विश्वकप तयारीका लागि नेपाली यू–१९ महिला टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

विश्वकप तयारीका लागि नेपाली यू–१९ महिला टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ : नेपाली यू-१९ महिला क्रिकेट टोलीले ‘आईसीसी’ महिला टी-२० विश्वकपको तयारीका क्रममा दुई अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने  जानकारी दिएको हो।  

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एण्ड रोड यू- १९ गर्ल्स  टी–२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन्।  

यस्तै नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ।

श‌ृङ्खलामा नेपाल यू- १९ महिला टोलीका साथै भारत यू- १९ महिला ‘ए’ र भारत यु–१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट