बझाङ : बझाङमा भीरबाट लडेर एक वडाध्यक्षको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भीरबाट लडेर मृत्यु भएको हो।
५० वर्षीय जोशी गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका वेला भीरबाट लडेर चट्टानमा बजारिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उद्धारको तयारी भइरहेका वेला मृत्यु भएको हो।
मृतकका आफन्त रामचन्द्र जोशीका अनुसार भीरबाट लडेर चट्टानमा बजारिदा जोशीको कानबाट रगत बगेको थियो। जोशी लगातार दुई कार्यकाल वडाध्यक्ष निर्वाचित भएका जनप्रतिनिधि हुन्।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij