दैलेख: दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन्। नाताले दिदी बहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका गएराति एउटै घरमा सुतेका थिए। राति घरबाट निस्किएका उनीहरू बिहान घर भन्दा केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन्। घटनास्थलमा प्रहरी टोली खटाइएको र घटना बारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij