Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

चितवनको धारापानीमा तीन सवारीसाधन ठोक्किँदा ११ जना घाइते

चितवनको धारापानीमा तीन सवारीसाधन ठोक्किँदा ११ जना घाइते

चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । आज बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनालगत्तै उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij