Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

‘सरकार ढाल्ने खेलले देशलाई अनिश्चितताको भूमरीमा फसाउँछ’ : बाबुराम भट्टराई

‘सरकार ढाल्ने खेलले देशलाई अनिश्चितताको भूमरीमा फसाउँछ’ : बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाडपर्व सकिए लगत्तै आन्दोलनबाट सरकार ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण भएको बताएका छन्।प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने चर्चा चल्न थाल्नु चिन्ताजनक भएको उनको भनाइ छ।भट्टराईले भनेका छन्, ‘उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूवीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो।’

देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ? भन्दै प्रश्न गरेका छन्।उनले थपेका छन्, ‘परन्तु निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने कुरा, जुन देशले विगतमा पटकपटक भोग्यो र त्यसको दुष्परिणाम देखिसक्यो, अब पनि दोहोर्‍याइरहनु भनेको देशलाई अनिश्चितताको भूमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ?’

उनले देश र जनताप्रति जिम्मेवार सबै नागरिक गम्भीर बन्न आग्रह गरेका छन्। सरकार र सत्ताका विभिन्न अङ्गमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्न पनि अपिल गरेका छन्।‘विशेषतः विपत्तिमा परेका, ऐतिहासिक बञ्चितीकरणमा परेका, निर्धानिमुखा जनताको आवाजले सत्तामा रहनेहरूको कान घोचिरहौँ। सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढङ्गले दण्डित गरौँ, हटाऊँ’ उनले भनेका छन्, ‘परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ! काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij