काठमाडौँ : विश्व सम्पदामा सूचीकृत स्वयम्भूको संरक्षणका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आर्थिक वर्ष २०८३/०८४ का लागि रु पाँच करोड ४० लाखको बजेट स्वीकृत गरेको छ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू तथा त्यस आसपास क्षेत्रको पूर्वाधार विकास एवं संरक्षणका लागि ३९ प्रतिशत र प्रशासनिक खर्चका लागि ६१ प्रतिशत रकम अनुमोदन गरिएको हो।
महासमितिले पारित गरेको सो रकम गत आवको तुलनामा रु २५ लाखले बढी हो। महासमितिले स्वयम्भू महाचैत्य र यससँग सम्बन्धित संरचनाहरूको जीर्णोद्धार र मौलिक स्वरूप जोगाउने महासमिति अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट स्वयम्भू आउने पर्यटक तथा धर्मावलम्बीलाई ऐतिहासिक पक्षका बारेमा जानकारी दिने, नियमित पूजा गर्ने, सम्पदाको संरक्षणका साथै धार्मिक जङ्गलको संरक्षण र त्यहाँ नियमित रुपमा बिरुवा रोप्दै आएको छ ।
महासमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत संस्थासँग समन्वय र सहकार्यमा मर्मत सम्भार तथा संरक्षण साथै जात्रा पर्व, धार्मिक महोत्सव, मेला सञ्चालन, व्यवस्थापन गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij