पोखरा : पोखरामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।पोखरा–८ न्युरोडमा ग१६प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरको पछाडि सवार युवकको मृत्यु भएको हो।
चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रित भई भएको दुर्घटनामा कास्कीको ढिकुरपोखरी घर भई पोखरा–६ लेकसाइड बस्दै आएका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टाउकोमा चोट लागेका कुँवरलाई गम्भीर अवस्थामा उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा बिहान साढे ५ बजे बजे मृत्यु भएको हो।
स्कुटर स्याङ्जाको आँधिखोला–२, चिलाउनेबाँस घर भई पोखरा–८, न्युरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटले चलाएका थिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij