Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

विभिन्न ब्रान्डका पटकासहित बालक पक्राउ

विभिन्न ब्रान्डका पटकासहित बालक पक्राउ

कास्की : पोखरामा विभिन्न किसिमका पटका बिक्री गरिरहेका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंहस्थित खेल मैदानमा पटका बेचबिखन भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले १७ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो।

गत कात्तिक ७ गते दिउँसो १२:४० बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार बस्ने १७ वर्षीय बालकले पटकाहरू बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। प्रहरीले निजलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कोठाबाट विभिन्न प्रकारका पटकाहरू बरामद भएको छ।

प्रहरीले बरामद गरेका पटकाहरूमा ६५ प्याकेट खुर्सानी पटका, १८ प्याकेट मिनी बुलेट पटका, ७ प्याकेट चर्की पटका, ५ प्याकेट आलु बम पटका, ५ प्याकेट अनार पटका, ३ प्याकेट सानो रकेट पटका, १ प्याकेट टु इन वान पटका र ५ प्याकेट ७ सटर पटका रहेका छन्। नियन्त्रणमा लिइएका बालकलाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट