Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन भरतपुरका सर्वदलीय दल एकजुट

निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन भरतपुरका सर्वदलीय दल एकजुट

भरतपुर :भरतपुर महानगरपालिकाभित्रका निजी विद्यालयहरूले गरेको ३० प्रतिशतसम्मको शुल्क वृद्धि फिर्ता गराउन महानगरमा क्रियाशील विभिन्न राजनीतिक दलहरू एकजुट भएका छन्। नेपाली कांग्रेस भरतपुर महानगर समितिको आयोजनामा बसेको सर्वदलीय बैठकले निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता गराउन दबाब सिर्जना गर्ने सर्वसम्मत निर्णय गरेको हो। नेपाली कांग्रेस भरतपुर महानगर कार्यसमितिका सभापति बुद्धिकान्त न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकले शुल्क वृद्धिका कारण अभिभावक तथा विद्यार्थीमाथि थप आर्थिक भार परेको भन्दै निर्णय पुनरावलोकन गरी वृद्धि गरिएको शुल्क फिर्ता गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको छ।

बैठकमा नेपाली कांग्रेसका साथै राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर सभापति सीता ज्ञवाली, नेकपा एमालेका महानगर अध्यक्ष शंकर थपलिया, नेपाली कम्युनिस्ट पार्टी भरतपुरका संयोजक ईश्वर सापकोटा ‘सुमन’, राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुरका वरिष्ठ उपाध्यक्ष शिवशंकर उप्रेती र श्रम संस्कृति पार्टी भरतपुर महानगर अध्यक्ष प्रकाश कँडेलको उपस्थिति थियो। बैठकले अभिभावक तथा विद्यार्थीको हितलाई ध्यानमा राख्दै शुल्क वृद्धि फिर्ता गराउन आवश्यक दबाब सिर्जना गर्ने निर्णय गरेको सभापति न्यौपानेले जानकारी दिए।

निजी विद्यालयको शुल्क वृद्धिको विषयमा अभिभावक तथा सरोकारवालाबाट चासो र विरोध भइरहेका बेला राजनीतिक दलहरू एकै ठाउँमा उभिएका हुन्। शुल्क वृद्धि फिर्ता गराउन सम्बन्धित निकायलाई दबाब दिने र अभिभावक तथा विद्यार्थीमाथिको आर्थिक भार कम गर्न पहल गर्ने बैठकको निष्कर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट