काठमाडौं : फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि' भन्ने नाराका साथ १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आजदेखि सुरु भएको छ ।
आजदेखि सुरु भएको मेला ५ दिनसम्म चल्नेछ । यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल छन्, जसअन्तर्गत ७८ वटा व्यावसायिक, १ प्लान्ट क्लिनिक, ४ अफिसियल, २ प्रतियोगितात्मक र १ फोटो सेल्फी स्टल समावेश छन्। मेलामा नेपालमा उत्पादित विविध जातका गोदावरीका साथै यसै वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाहरू प्रदर्शनी एवम् बिक्री-वितरणका लागि राखिएको छ ।
प्रदर्शनीमा सहभागी नर्सरी तथा फार्महरूबिच मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij