Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

चितवन उद्योग वाणिज्य संघमा विजनेश इन्क्यूवेशन सेन्टर सञ्चालन

चितवन उद्योग वाणिज्य संघमा विजनेश इन्क्यूवेशन सेन्टर सञ्चालन

 

: चितवन उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित एक विशेष समारोहका बीच ’विजनेश इन्क्यूवेशन सेन्टर’ (Business Incubation Center ) को औपचारिक उद्घाटन गरिएको छ। नयाँ सोच, नवप्रवर्तन र उदीयमान उद्यमीहरूलाई प्रवर्धन तथा प्रवर्धनात्मक सहयोग पु¥याउने उद्देश्यका साथ स्थापना गरिएको उक्त सेन्टरको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गर्नुभएको हो।
नयाँ उद्यमीहरूलाई व्यवसाय सञ्चालन, व्यवस्थापन र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्ने लक्ष्य राखिएको यस सेन्टरको स्थापनाका लागि बागमती प्रदेश सरकारले सहयोग गरेको छ । प्रदेश सरकारको सहयोग स्वरूप सेन्टरलाई आवश्यक पर्ने आधुनिक फर्निचर, अफिस डेकोरेशन तथा कम्प्युटर लगायतका पूर्वाधार सामग्रीहरू उपलब्ध गराइएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बागमती प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। अध्यक्ष सुवेदीले भन्नुभयो, “आजका युवाहरूसँग नयाँ र सिर्जनशील सोच छ, तर व्यावसायिक मार्गदर्शन र पूर्वाधारको अभावमा उनीहरू पछाडि पर्नुपरेको अवस्था छ। यो सेन्टरले नवप्रवर्धक (स्टार्टअप) हरूलाई सही दिशा दिँदै सफल व्यवसायी बन्नका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याउनेछ।“ उहाँले आगामी दिनमा यस सेन्टरमार्फत धेरै नयाँ उद्यमीहरू जन्माउन सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।

BIC opening 2.jpeg

चितवन उद्योग वाणिज्य संघ र प्रविधि क्षेत्रमा क्रियाशील संस्था क्लाउड साथीले सहकार्य गर्दै आगामी ३ महिनाका लागि सञ्चालन गर्ने सहमती गरेका छन हाल उक्त सेन्टरमा १५ जना नवप्रद्र्धकहरू आवद्ध रहेको छन । संघ र क्लाउड साथीको यो सहकार्यले जिल्लाका नयाँ उद्यमीहरूलाई प्रविधिसँग जोड्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।
उक्त उद्घाटन कार्यक्रमको औपचारिक सञ्चालन चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं विजनेश इन्क्यूवेशन समितिका संयोजक राजेन्द्र ओलीले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन गर्दै संयोजक ओलीले सेन्टरको सञ्चालन मोडेल, यसले दिने सेवाहरू र भावी योजनाका बारेमा प्रकाश पार्नुभएको थियो।
समारोहमा चितवन उद्योग वाणिज्य संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू कर्मचारीहरु, साथै क्लाउड साथी टिमका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विजनेश इन्क्यूवेशन सेन्टरको स्थापनाले चितवन क्षेत्रको समग्र औद्योगिक तथा व्यावसायिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने भन्दै खुसी व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij