Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

एनपिएलमा आज विश्राम, शनिबार दुई खेल हुँदै

एनपिएलमा आज विश्राम, शनिबार दुई खेल हुँदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको तालिकाअनुसार आज एक दिनका लागि विश्राम दिएको हो।शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल सञ्चालन हुनेछन्।

शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबिचको खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।त्यस्तै, शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमने–सामने हुनेछन्। दोस्रो खेल साँझ ५ बजे सुरु हुने तालिका छ।आज विश्राम पाएसँगै शनिबार हुने दुवै खेलले एनपिएलको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट