Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

सिस्नेरीमा लेदोसहितको पहिरो हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

सिस्नेरीमा लेदोसहितको पहिरो हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

हेटौँडा : अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १०ः३० बजेको समयमा इन्द्र सरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै सडक माथिबाट लेदोसहितको पहिरो खसेको हो ।

पहिरोका कारण उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउनका लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी जेसीबी प्रयोग गरेर पहिरो पन्छाउने कार्यको तयारी भइरहेको छ ।

बाटो पूर्ण रूपमा अवरुद्ध भएकाले काठमाडौँ–हेटौँडा आउजाउ गर्ने सवारी साधन तथा यात्रुहरू बाटोमै रोकिएका छन् । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट