Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

वै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाउनसके नेपालले महाकाली सन्धिअनुसार महाकाली नदीबाट पानी पाउने अपेक्षा गरिएको छ ।

“माथिल्लो निकायबाट कूटनीतिक पहल भए नहरमा पानी सञ्चालन हुनेमा हामी आशावादी छौँ”, आयोजना निर्देशक मरासिनीले भने, “केही दिनअघिमात्रै दुवै देशका अधिकारीबीच यस विषयमा काठमाडौँमा छलफल भएको छ ।” उनले मन्त्रालय र भारतीय पक्षले मागेका सूचनासमेत उपलब्ध गराएको बताउँदै नहरमा छिट्टै पानी सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

महाकाली सन्धि सम्झौताअनुसार भारतीय पक्षले टनकपुरबाट नेपालको सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ । सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र वर्षात्मा एक हजार क्यूसेक पानी नेपालले पाउनुपर्ने उल्लेख छ । आव २०६३–६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माणकार्यले गति लिन सकेनको थिएन । सरकारले आव २०७६–७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको थियो ।

लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म रु १० अर्ब ७४ करोड बजेट खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ । महाकाली सिँचाइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट