Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

कांग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्ने

कांग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्ने

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार विशेष सम्बोधन गर्ने भएका छन्। समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन्। 

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सम्बोधन गर्न लागेका हुन्। पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार, दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति थापाको विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। उनले सम्बोधन गर्नुअघि प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने जनाइएको छ। 

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बताइएको छ। 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट