काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री सुरु गरेको छ ।तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री सुरु गरेको हो ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आजका लागि सुनको असर्फी र चाँदीको मेडालियनको बिक्रीदर कायम गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार २.५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ तोकेको छ । त्यस्तै, १० ग्रामको चाँदीको मेडालियन प्रतिथान ३ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।उक्त मूल्यअनुसार महाशाखाले सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ । सुन र चाँदीकाे सिक्का किन्नको लागि बिहानैदेखि राष्ट्र बैंकमा भीड लागेकाे छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij