Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

स्काइ राइडरद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान

स्काइ राइडरद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान

 चितवन :  स्काइ राइडर आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई एक समारोहबीच सम्मान तथा पुरस्कार वितरण गरेको छ। विद्यालय परिसरमा आयोजित 'एस.ई.ई विद्यार्थी सम्मान २०८२' कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

 

नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्राचार्य मदन पुरीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट ४ जीपीए हासिल गर्ने विद्यार्थीहरू अनुगमन शर्मा पोखरेल, क्षितिज रानाभाट, प्रशंसा पुरी, रिया पौडेल र प्रज्ञा पनेरुलाई विशेष सम्मान गरिएको हो । सो क्रममा ३.८६ देखि ३.९६ जीपीए ल्याउने विद्यार्थीहरूका साथै ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा सम्पूर्ण विद्यार्थीहरूलाई सेक्सन अनुसार मायाको चिनो प्रदान गरिएको हो ।

 

सहायक प्राचार्य नारायण प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालयका निर्देशक दुर्गा कुमार पुरी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सरोज लामिछाने, ISTU स्काइ राइडरका अध्यक्ष कृष्णराज बराल तथा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीका तर्फबाट मन्तव्य व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यालयका संस्थापक पूर्ण पुरी, विशिष्ट अतिथि दुर्गा कुमार पुरी र सरोज लामिछाने, विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि एवं परीक्षा प्रमुख हरिलाल लामिछाने, सहायक प्राचार्य केशवराज पाठक, अतिरिक्त क्रियाकलाप प्रमुख रमेश पुरी, कक्षा १० का कक्षा प्रमुख राजेश भारती लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा ब्याच वितरण सरस्वती तिमल्सिना र पुनम ढकालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट