Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्दै छ। भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीस्वरूप पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो।


पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ।

आगामी मंसिर ५ मा बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्धारण गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij