Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

नेपाल संवत्‌ले प्रवेश पायो पोर्चुगलस्थित नेपाली राजदूतावासमा

नेपाल संवत्‌ले प्रवेश पायो पोर्चुगलस्थित नेपाली राजदूतावासमा

काठमाडौँ : नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको नेपाल संवत्‌ले पहिलोपटक पोर्चुगलस्थित नेपाली राजदूतावासको आधिकारिक सूचनामा स्थान पाएको छ। 

राजदूतावासले आफ्ना आधिकारिक दस्तावेजमा विक्रम संवत् र इश्वी संवत्‌सँगै राष्ट्रिय संवत् नेपाल संवत्‌समेत उल्लेख गर्न थालेपछि यसलाई नेपाली मौलिकता, ऐतिहासिक सम्पदा र राष्ट्रिय पहिचानको सम्मानका रूपमा लिइएको छ।

दूतावास, लिस्बनले २०८३ कात्तिक २७ गते ९१३ नोभेम्बर २०२६० जारी गरेको आधिकारिक सूचनामा ‘ने.सं. ११४७ कछलाथ्व चतुर्थी’ उल्लेख गरेको छ। सरकारी कामकाज, प्रशासनिक अभिलेख तथा आधिकारिक पत्राचारमा नेपाल संवत्‌को प्रयोग हुनुपर्ने माग लामो समयदेखि उठ्दै आएको अवस्थामा राजदूतावासको यस कदमलाई सरोकारवालाले स्वागत गरेका छन्।

मममामधभाध-1794923237.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij