Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

२१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ कारागार चलान

२१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ कारागार चलान

काठमाडौँ : काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट २१ केजी ७५० ग्राम सुन सहित पक्राउ परेका ३ जना चिनियाँलाई कारागार चलान गरिएको छ। 

काठमाडौँ जिल्ला अदालतको आदेशले उनीहरूलाई पुर्पक्षका लागी कारागार पठाइएको विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार प्रशासक धन बहादुर बरुवालले रातोपाटीलाई बताए। 

असोज २२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन सहित ३ जना चिनियाँलाई पक्राउ गरेर अनुसन्धानका गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको थियो।

चिनियाँ नागरिकहरू २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षका वाङ जियानझेनलाई भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान गरेको थियो। 

भन्सार चोरी पैठारी सम्बन्धी कसुरमा उनीहरूलाई अदालतबाट पुर्पक्षमा पठाउने आदेश भएको र सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीलाई लेखेर पठाइएको निमित्त प्रमुख भन्सार प्रशासक बरुवालले जानकारी दिए।सुनको ‘नेक्सस’बारे सङ्गठित कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयले चिनियाँहरूमाथि अनुसन्धान गरिरहेको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij