Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

एमालेले एक दिन अघि सार्‍यो केन्द्रीय कमिटी बैठक

एमालेले एक दिन अघि सार्‍यो केन्द्रीय कमिटी बैठक

काठमाडौँ : नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ। एमालेको मंगलवार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटी बैठकलाई एक दिन अगाडि सार्ने निर्णय गरेको हो।

मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रस्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ। एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताए।राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडि बढाउने उनले बताए।

उनकाअनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्ने छन्।त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उनले जानकारी दिए।

उनकाअनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रस्तुत गर्ने छन्।त्यसैगरी, पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij