चितवन : चितवनको भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट भोजाडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल २ हजार ४१० पिस, एनरागन २ हजार ५०० पिस र नगद ४९ हजार ७९० रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२५ का ३० वर्षीय निरज क्षेत्री, वडा नम्बर ११ का ३४ वर्षीय विजय कुमाल, वडा नम्बर २५ का २५ वर्षीय अजित विक र वडा नम्बर ११ का ३२ वर्षीय बसन्त लामा रहेका छन्।पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij