Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने

कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने

काठमाडाैँ :  नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्ताबेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिए।

उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए।

मंसिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij