Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

३०० को सामान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

३०० को सामान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं : तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।

सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात पारेका हुन् । करदाता प्रोत्साहन घोषणा गभर्नर विश्वनाथ पौडेलले घोषणा गरेका हुन् । राष्ट्रिय कर दिवसका अवसरमा नयाँ बिजेता घोषणा गरिएको हो, सो अवसरमा यसअघिका विजेताहरुलाई पनि सम्मान गरिएको छ ।

यसअघिका विजेता सन्चमाया तामाङ र गौरी सङ्कर पन्डितलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij