Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।मंगलबार  दिउँसो करिब ३ : २२ बजे काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि एक्कासि ढुङ्गा खसेको थियो।

ढुङ्गाले लागेर मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो ४: ४९ बजे मृत घोषणा गरेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij