दाङ : पूर्वपश्चिम राजमार्गअन्तर्गत लमहीमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख ३१३० नम्बरको बस बिहीबार बिहान लमही नगरपालिका–९, शिवखोलानजिक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।दुर्घटनामा लुम्बिनी भ्रमण गरी कोहलपुर फर्किरहेका यात्रु घाइते भएका छन् ।घटनापछि बस चालक कोहलपुर नगरपालिका–१४, हवल्दारपुर, बाँके निवासी २६ वर्षीय राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको छ ।
घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–४ निवासी २० वर्षीया पूर्णिमा थापा, २२ वर्षीया अनिषा सुनार, बर्दियाको बाँसगढी नगरपालिका–३ निवासी १९ वर्षीय जीवन सुनार, ३० वर्षीय सन्दीप सुनार र १८ वर्षीया सन्ध्या सुनार छन् ।यस्तै, बाँसगढीकै १८ वर्षीया निरुता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली र १८ वर्षीया मनिषा सुनार घाइते छन् ।अन्य घाइतेहरूमा १५ वर्षीया पूजा सुनार र दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij