Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

उज्यालो सहर अभियान : भरतपुरमा ७८ किलोमिटरमा स्मार्ट लाइट बल्यो

उज्यालो सहर अभियान : भरतपुरमा ७८ किलोमिटरमा स्मार्ट लाइट बल्यो

भरतपुर :  भरतपुर महानगरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान गरिएको छ । उज्यालो शहर–भरतपुर’ अभियान अन्तर्गत पहिलो चरणमा राजमार्गमा एक हजार ८ सय ६५ वटा सडकबत्ती र ८ ठाउँमा हाइमास जडान गरी बत्ती बाल्ने काम सम्पन्न गरिएको भरतपुर महानगरले जनाएको छ ।भरतपुर महानगर र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पहिलो चरणको काम सम्पन्न गरिएको महानगरका प्रमुख रेनु दाहालले जानकारी दिइन् । पहिलेको चरणको काम सम्पन्न भएसँगै उज्यालो सहर भरतपुरको अभियान सुरु भएको उनले बताइन ।त्यसैगरी दोस्रो चरण अन्तर्गत भरतपुरका विभिन्न स्थानमा १०० किलोमिटर सडकबत्ती ६० ठाउँमा मिनिमास्ट र १० हाइमास्ट जाडानको लागि दुवै संस्थाबीचको साझेदारीमा सर्वे रुटको समेत अनुमोदन गरिएको मेयर दाहालले बताइन ।

पहिलो चरणको काममा नेपाल विद्युत प्राधिकरणको ७०प्रतिशत र महानगरको ३० प्रतिशत लागत साझेदारीमा काम सम्पन्न गरिएको भरतपुर महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए । पहिलो चरणको काममा झन्डै १२ करोड लागतमा सडक बत्ती जडान गरिएको उनले बताए ।दोस्रो चरण अन्तर्गत भरतपुरको सडक क्षेत्रमा १०० किलोमिटर स्मार्ट लाइट जडान गर्न सर्भेको काम तत्काल सुरु गरिने राष्ट्रिय सडक बत्ती प्रवर्धन आयोजना प्राधिकरणका इन्जिनियर आशा खनालले बताइन् । दोस्रो चरणको काम सम्पन्न गर्दा १५ देखि २० करोड खर्च हुने अनुमान गरिएको पनि उनले जानकारी दिइन् ।दोस्रो चरणको काम सम्पन्न भएपछि भरतपुरको राजमार्ग क्षेत्र झलमल्ल हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । सडकबत्ती सञ्चालन र रेखदेख महानगरले गर्ने र सम्पत्ति र दायित्व प्राधिकरणको हुने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट