Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

मुग्लिनमा भोली न्यू इयर फुड एण्ड म्यूजिक फेस्ट २०८२ हुदैँ

मुग्लिनमा भोली न्यू इयर फुड एण्ड म्यूजिक फेस्ट २०८२ हुदैँ

मुग्लिन:  चितवनको इच्छाकामना ५ मुग्लिनमा भोली न्यू इयर फुड एण्ड फेस्ट २०८२ हुने भएको छ । नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदानसहित कार्यक्रम हुने भएको हो ।

मगर संघ मुग्लिन इकाइ समितिको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छन् । चर्चित गायिका शान्तारानी परियार,पृथ्वी गुरुङ, चन्द्र परियार,सरिता गुरुङ, गोविन्दबाबु रिजाल, सक्षम सिलवाल लगायतको प्रस्तुती रहने कार्यक्रमका संयोजक राकेश थापाले जानकारी दिनुभयो । साथै दी एपोलो ब्याण्ड मुग्लिनको लाइभ ब्याण्ड सो र स्थानीय लोक नृत्य तथा विधि सांस्कृतिक कार्यक्रम पनि हुने छ ।

नेवारी,मगर, थकाली,गुरुङ,चेपाङ थारु लगायतका जातजातीका परिकारहरुको स्वाद लिन पाइने संयोजक थापाले बताउनुभयो ।

कार्यक्रम विहान ११ बजेदेखि बेलुकी ९ बजे सम्म हुने छ । टिकट  शुल्क रु २५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij