Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ

फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ

काठमाडौँ : समीक्षात्मक रुपमा तारिफ पाएको फिल्म ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा हेर्न पुगेका अधिकांश फिल्मकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराए । फिल्म हेरेर बाहिर आएपछि अभिनेता केदार घिमिरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने,‘एकदम राम्रो लाग्यो। सबैजनाको अभिनय एकदम जोडदार छ। एक्सन हेर्‍यो त्यस्तै छ, निर्देशकीय पक्ष पनि राम्रो छ। यो त्यो नभनौँ । कलाकार त एक ट्रक नै हुनुहुँदो रहेछ। सबैको काम एकदम राम्रो लाग्यो।’

कलाकार सीतादेवी तिमिल्सेनाले पनि सबै पक्ष राम्रो लागेको बताइन्। केदारसँगै फिल्मको प्रतिक्रिया दिने क्रममा उनले भनिन्,‘एकदम राम्रो छ। हाम्रो देशमा भएको घटनाहरु हो। जस्तो एकल महिलालाई भएको समस्याहरू उठान गरेको रैछ राम्रो लाग्यो।’

अस्ट्रेलिया लामो समय बसेर नेपाल फर्किएका अभिनेता तथा निर्देशक सोभित बस्नेतले पनि फिल्मको तारिफ गरे। उनले अस्ट्रेलियामा हुँदा पनि हेरेको र आज पनि फिल्म दोहोर्‍याएर हेरेको बताए। फिल्म हेरेर निस्किदा निकै उत्साहित रहेका बस्नेतले भने,‘यो फिल्ममा सबै पक्षको काम राम्रो छ। कलाकारहरूले एकदमै राम्रो काम गरेको छ। सौगात मल्ल, प्रमोद अग्रहरीलाई त सलोट नै गर्न मन लागेको छ।’ उनले निर्देशकीय पक्षको समेत तारिफ गरेका छन्।

हालै आफ्नै निर्देशनमा फिल्म ‘परान’को छायांकन सकाएर काठमाडौँ फर्किएका दीपक आचार्य (काकु)ले फिल्मको तारिफ गरेर थाकेनन्। उनले भने,‘मैले अघि नै भनिसके,कृषाजीको हिम्मत,आँटलाई मैले माने। हामीले सलाम गर्नेपर्छ। यो लेबलको एक्सन मुभि सायदै नेपालमा पहिलो पटक बनेको जस्तो लाग्यो।’

उनले फिल्मका फाइट निर्देशक, क्यामेरामेनको समेत खुलेर प्रशंसा गरे। हास्य अभिनेता राजाराम पौडेलसमेत फिल्म हेर्न हलमा पुगेका थिए। उनले पनि निर्देशक कृषा कै तारिफ गरेर थाकेनन्। उनी भन्छन्,‘अति राम्रो फिल्म बनाउनु भएको रहेछ कृषाजीले। उहाँको हिम्मत आँटलाई पनि मान्नुपर्छ।’

सबै कलाकारले उतिकै मात्रामा काम गरेको उनको भनाई छ।

यस फिल्मका प्रमुख कलाकार सौगात मल्ल, सुरक्षा, प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ,आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। फिल्म आरआर फिल्मसले वितरण गरेको छ। यो फिल्म गत चैत २९ गतेबाट नेपालका अधिकांश हलमा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij