Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की

‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की

काठमाडौं : अभिनेत्री विपिन कार्कीले फिल्म ‘ऊनको स्वीटर’ आफूले अभिनय गरेको उत्कृष्ट फिल्मको टप फाइभ भित्र पर्ने बताए । ‘आफूले के–के काम गरेँ त भनेर पछाडि फर्किँदा जसरी म हरि, जात्रा भन्छु, त्यही गन्तिमा मैले ‘ऊनको स्वीटर’ लाई पनि थप गर्न पाएको छु’, कार्कीले भने ‘भोलि गएर नतिजा जे होस्, त्यो मलाई फरक पर्दैन ।’ फिल्म आफूले गर्भ गर्ने रहेको उनको धारणा छ ।

‘फिल्ममा मेरो चरित्र सिम्पल, धेरै नबोल्ने र लजालु स्वभावको पुरुषको रहेको छ’, कार्की थप्छन् ‘हामीले हाम्रो चरित्र राम्ररी निर्वाह गरेका छौँ, अब फिल्म नै चलेन भने त म के नै गर्न सक्छु र ?’

वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म नवीन चौहानले निर्देशन गरेका हुन् । निर्देशक चौहानले नाम ‘ऊनको स्वीटर’ भएपनि यो एउटा सामाजिक पृष्ठभूमिमा बुनिएको कथामा आधारित भएर जन्मिएको फिल्म भएको बताए ।

अभिनेत्री मिरुना मगरले कथामा लोभिएर फिल्म अभिनय गरेको बताइन् । ‘जब मैले निर्देशक नवीन जीसँग भेटेर यो कथाको बारेमा कुरा गरेँ, उहाँले रफ भर्जन पनि सुनाउनु भएको थियो । त्यो सुन्ने बित्तिकै उहाँले जसरी स्टोरी टेलिङ गर्नु भएको थियो, त्यो समयमा नै मैले त्यहिँ (लोकेसनमा) पुगेको महसुस गरेकी थिएँ’ मिरुनाले थपिन् ।

अभिनेत्री परीक्षा लिम्बुले पनि फिल्म अहिले बजारमा आएको फिल्म भन्दा भिन्न रहेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij