काठमाडौँ : गायक कुमा सागर एण्ड ख्वपा ब्यान्डको अस्ट्रेलिया टुर सकिएको छ । सिड्नीबाट २४ मार्च २०२५मा सुरु भएको टुर अस्ट्रेलियाको विभिन्न प्रमुख सहर ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुँदै मेलबर्नमा आएर सकिएको हो ।
कार्यक्रम वाएनवाइ इभेन्टसले आयोजना गरेको हो । कुमा सागरको साङ्गीतिक कार्यक्रम ऐतिहासिक र भव्य भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारी जानकारी दिइन् । कार्यक्रम मार्फत नेपाली कला र संस्कृतिको प्रवर्द्धन भएको बताउने उनले आगामी दिनहरूमा यस्ता कार्यक्रम प्राथमिकतामा राख्ने बताइन् ।
टुरको क्रममा गायक सागरले अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारद्वारा सञ्चालित सङ्ग्रहालय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’मा लाइभ रेकडिङ दिएर अस्ट्रेलियाको अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बनेका छन् ।
अस्ट्रेलियाका विभिन्न स्थानमा टुर गर्न पाएकोमा गायक सागरले आयोजकको प्रसंसा गरेका थिए । सन् २०२३ को डिसेम्बरमा वाइएनवाइ इभेन्टस र यात्री ईन्टरटेन्मेन्टले आयोजना गरेको सिड्नीको एक कार्यक्रममा भने सागर एक्लैले प्रस्तुति दिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij