Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक

राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक

काठमाडौँ : सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ। गीतमा गीतकार विनोद सुवेदीको शब्द छ ।

गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन् । यी दुवै कलाकारको यो पहिलो सहकार्य हो। रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको लागि यो डेब्यू भिडियो हो।

दोलालघाटमा छायाङ्कन गरिएको भिडियोमा राजुजंग बस्नेतको निर्देशन र सम्पादन छ । भिडियोमा आभेश बज्राचार्यको छायाङ्कन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन छ ।

भिडियो विनोद सुवेदीको अफिसियल युट्युब च्यानल विनोद सुवेदीबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/KlUz4EGgFQg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij