काठमाडौँ : ‘ऊनको स्वीटर’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको सुरुवात सुखद गर्न सफल भएको छ । फिल्मले (शुक्रबार र शनिबार) सरकारको आधिकारिक बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार ग्रस कमाइ गरेको छ ।
विपिन कार्की, मिरुना मगर स्टारको मुख्य भुमिका रहेको फिल्मको काठमाडौँ उपत्यका र उपत्यका बाहिर पूर्वेली सहरमा राम्रो देखियो । नवीन चौहान निर्देशित फिल्म अन्तर्जातिय प्रेम कथामा निर्माण भएको हो ।
सोमबार बुद्ध जयन्तीको बिदा भएकाले ‘ऊनको स्वीटर’लाई लाभदायक हुनसक्ने अनुमान छ । यो आर्टमाण्डू प्रा.लिले निर्माण गरेको पहिलो फिचर फिल्म हो ।‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक प्रेमकथा समेत भनिएको छ । फिल्मको लेखन समेत निर्देशन चौहानले गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij