काठमाडौँ : कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव हेम राज तामाङ पनि पछिल्लो समय गीत लेखनमा सक्रिय छन् । यसै क्रममा सचिव तामाङको रचनामा नयाँ गीत तिमी मेरो प्राण हौ...को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको हो । शब्द जस्तै यो गीतको भिडियो पनि प्रेमिल बनेको छ ।
रन्जन राई र अनु चौधरीको युगल गायनमा यो गीत तयार भएको हो ।
यो गीतमा संगीत सौगात जंग थापाको रहेको छ । भिडियोलाई गीतकार हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा अभिनेता मोडल सनम कठायत र पुनम श्रेष्ठले अभिनय गरेका छन् । यी दुईको प्रेमभावलाई भिडियोमा समेटिएको छ । दुबैको काम प्रसंशनीय बनेको छ ।
https://youtu.be/4SlgM9GoYHg
कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा यो गीतको भिडियोलाई छायांकन गरिएको छ । जसमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ । भिडियोको निर्देशन आयुश शाहीले गरेका हुन् ।
गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवद्र्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान “दृश्यमा नेपाल“ अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी गराए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij