Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘राम प्यारी’मा यम र दीपाको रोमान्स

‘राम प्यारी’मा यम र दीपाको रोमान्स

काठमाडौँ : गायक यम बरालको स्वर रहेको नयाँ गीत ‘राम प्यारी’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, विश्व अधिकारीको एरेन्ज गीतमा छ ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा गायक बराल र कलाकार दीपाश्री निरौलाको अभिनय छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् ।प्रेम र मनोरञ्जन भिडियोमा देखाउन खोजिएको छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । गीताञ्जली शर्मा निर्मात्री रहेको यो भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गरेका हुन् भने दिपेश एसकेको नृत्य निर्देशन छ ।

https://youtu.be/b7RbpiInQUk

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij