काठमाडौँ : प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् ।उनले चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् । उनले नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी लागेको समेत बताएका छन् । ‘मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ ।
मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ । तर यस चलचित्रमा त्यो पाइनँ’, उनले अगाडि भने ‘यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो ।’भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता चलचित्रमार्फत नेपाली चलचित्रमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताएका छन् । उनले थपेका छन्, ‘नेपालका नयाँ फिल्ममेकरहरू अबको नेपाली चलचित्रका प्रमुख आशा हुन् ।’
नवीन चौहान निर्देशित चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेललगायतका कलाकारको अभिनय रहेको छ ।आर्टमाण्डूले निर्माण गरेको चलचित्र अहिले तेस्रो सातामा प्रदर्शनरत छ । चलचित्रले दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij