Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

'जन्ते बाख्रो साँझ'मा महेश र अस्मिताले नचाए दर्शक

'जन्ते बाख्रो साँझ'मा महेश र अस्मिताले नचाए दर्शक

काठमाडौँ : यही जेठ २३ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ले प्रचारका लागि साङ्गीतिक कार्यक्रम ‘जन्ते बाख्रो साँझ’ आयोजना गरेको छ । शनिबार साँझ सिटी स्क्वायर मल सामाखुसीमा आयोजना गरेको कार्यक्रममा फिल्मका गीतहरू ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ‘मुकु मुकु म्या’ लगायत गायक गायिकाहरू बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले प्रत्यक्ष गाएर दर्शक झुमाएका थिए ।

कार्यक्रममा अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर घुमाइएको थियो, भने सोही बग्गीमा ‘जन्ते बाख्रो’ अङ्कित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवा प्रस्तुत भएका थिए ।

कार्यक्रममा फिल्मका कलाकार आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदीप भारद्वाज र निर्माता सन्तोष गौतम लगायतको सहभागिता थियो ।

यसअघि देशभरका विभिन्न ठुला सहरहरूमा चल्ने साना सवारी साधन टेम्पोमा पोस्टर टाँसेर दर्शकलाई आकर्षित गरेको निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा साङ्गीतिक कार्यक्रम आयोजना गरेको हो ।

साङ्गीतिक कार्यक्रम सहितको प्रमोसनलले फिल्मसँग दर्शकलाई प्रत्यक्ष जोड्न सघाउने निर्देशक सुनुवारले बताए । ‘अहिले गाउँघरबाट हराउँदै गएको भुईँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर फिल्म तयार गरिएको हो’ उनले भने ।सन्तोष गौतमले निर्माण गरेको फिल्ममा जेठ २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदै छ । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’माहरि हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij