Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘जनै हराएको मान्छे’को ‘आमा’ गीत कस्तो छ ?

‘जनै हराएको मान्छे’को ‘आमा’ गीत कस्तो छ ?

फिल्म ‘जनै हराएको मान्छे’को पहिलो गीत ‘आमा’ सार्वजनिक गरिएको छ । मार्मिक शब्दले भरिएको यो गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर छ । फिल्मको कथासार बोकेको यो गीतले आमालाई छाडेर शहर पसेको छोराको वेदना भन्छ । आमालाई सुख दिने सोचका साथ शहर पसेको एक छोराले शहरमा विभिन्न दुख झेलेपछि गाउँ नै फर्किने सोच पालेको कथा यो गीतमा समावेश छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, कविता आलेलाई देख्न सकिन्छ । भदौको ६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । पेपरक्लिपको व्यानरमा निर्माण भएको यो फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ ।

आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत, नारायण तिमिसिना र चूडामणि सिवाकोटी सह–निर्माता रहेको फिल्ममा थानेश्वर गौतम, एसडी योगी, प्रशान्त सिवाकोटी, अर्जुन पोखरेलको संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमाटोग्राफी, भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ चलेपछि नायक विजय बरालको यो फिल्मप्रति आम दर्शक, फिल्मीकर्मी र मिडियाकर्मीको चासो बढेको छ । यो फिल्म विजयको उपस्थितिका कारण नै चर्चामा छ ।

https://youtu.be/OZQdtBZVEh8

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij