काठमाडौँ : एक्सन हिरोको छवि बनाएका अभिनेता सविन श्रेष्ठ फिल्म ‘कश्यप’ मा भित्रिएका छन् । निर्माण युनिटले फिल्मको टाइटल र थिम पोस्टर सार्वजनिक गर्दै उनी भित्रिएको जानकारी दिएको हो ।
थिम पोस्टरमा उनी एङ्ग्री योङ म्यानको रूपमा देखिएका छन् । पोस्टर हेर्दा फिल्ममा उनको भिलेन अभिनय रहने पनि अनुमान गर्न सकिन्छ । उनी पोस्टरमा हातमा रगत लतपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित देखिएका छन् । लुक्सले फिल्ममा उनी हिरो कि भिलेन ? भन्नेमा कौतुहलता जगाएको छ । निर्माण युनिटले भने यस विषयमा केही कुरो खोलेको छैन ।
एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेशजी खड्काले निर्देशन गर्नेछन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा औपचारिक रूपमा दर्ता भएको छ । फिल्मको कलाकार छनौटमा छन् । कलाकार र अन्य जानकारी चाँडै नै एक कार्यक्रम मार्फत दिइने बताइन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij