Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘जन्ते बाख्रो’ रिलिज, कस्तो छ ओपनिङ ?

‘जन्ते बाख्रो’ रिलिज, कस्तो छ ओपनिङ ?

आजबाट नयाँ नेपाली फिल्म‘जन्ते बाख्रो’ रिलिजमा आएको छ। सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मले देशभरका हलमा सुखद शोज पाएको छ।क्यूएफएक्स चेन, वीग मुभिज, वान सिनेमाज्, एफक्यूब लगायतका हलमा यो फिल्मले राम्रो शोज पाएको छ ।

आज बिहानबाट यो फिल्मले केही हलमा औषत र केही हलमा कमजोर सुरुवात गरेको छ। ललितपुरको लाबिम मलमा बिहानी शोजमा फिल्मको व्यापार सुखद देखियो। अरु हलमा फिल्मको बिहानी शोजको व्यापार निकै कमजोर देखिएको छ ।

फिल्मको वर्ड अफ माउथ बलियो आएको खण्डमा यसको व्यापार सुखद हुन सक्छ। सन्तोष गौतमको निर्माणमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन छ।फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ । यो फिल्मको गीतसंगीतले दर्शकको मन जितिसकेको छ । प्रिमियरमा सुखद प्रतिक्रिया पाएका कारण दर्शकले हलमा पनि साथ दिने विश्वास निर्माता गौतमको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij