Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

प्रश्न सोध्ने प्रचण्डलाई ओलीको जवाफ, बनिरहेको प्यारापिट हेर्न जानुस्

प्रश्न सोध्ने प्रचण्डलाई ओलीको जवाफ, बनिरहेको प्यारापिट हेर्न जानुस्

काठमाडौँ : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको अभावबारे उठाएको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फर्काएका छन्।

सोमबार संसदमा विशेष सम्बोधन गर्नेक्रममा प्रचण्डले कीर्तिपुर मैदानको फ्लडलाइट र प्यारापिटबारे प्रश्न गरेका थिए । त्यसप्रति सोमबार नै फेसबुकमा प्रतिक्रिया दिँदै ओलीले निर्माणाधीन प्यारापिट र जडान हुँदै गरेका फ्लडलाइट पोल हेर्न जान सुझाव दिएका छन्।

ओलीले भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’

ओलीले आफू प्रधानमन्त्री हुँदाका काम र प्रतिबद्धता सम्झाउँदै प्रचण्डको कार्यकालमाथि प्रश्न उठाए। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन, गर्नुभयो पनि छैन,’ ओलीको टिप्पणी थियो।

‘मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ,’ ओलीले थपे, ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट