Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

रुकुम पश्चिममा जिप दुर्घटना :  २ जनाको मृत्यु, १३ जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना :  २ जनाको मृत्यु, १३ जना घाइते

रुकुम पश्चिम : रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान आठबिसकोट नगरपालिका—५, थापागाउँबाट नयाँडाँडा भन्ने ठाउँमा जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट ३० मिटर तल खसेको छ ।दुर्घटनामा घाइतेमध्ये केही गम्भीर छन् भने केहीको अवस्था सामान्य छ । घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट