Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रसुवा : भदौ १० को भ‍ीषण बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुन:र्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा ल्याइएको छ ।नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त श्रमदानमा ३ दिनमै पुल पुनर्निर्माण गरिएको हो । नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो ।

विपद्को कठिन घडीमा सबै पक्षको एकता, सहकार्य र सामूहिक प्रयासबाट छोटो समयमै पुल पुनर्निर्माण हुनु उदाहरणीय भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदाकुमार न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट