Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

मधेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वासको मत लिने

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार अपराह्न विश्वासको मत लिने भएका छन्।आज मंगलवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि दिउँसो विश्वासको मत लिने जानकारी गराएका हुन्।

मंगलवार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले विश्वासकोमत लिनेबारे जानकारी गराएका हुन्।उनले दिउँसो २ बजे विश्वासको मत लिन लागेको र विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र समेत पठाइसकिएको जानकारी दिए।

हिजो सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले भोलिलाई विश्वासको मत लिने मिति तोकेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट