Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकता सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकता सभा गर्ने

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ। १६ वटा विभिन्न राजनीतिक दल मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतीया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो।

सांगठनिक सुदृढीकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशहरुमा पुगेर शीर्ष नेताहरुको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका नेता महेन्द्रराय यादवले जानकारी दिए। उनले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताए।८ वटै जिल्लामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको उनले बताए।

सन्देश सभामा ४० हजार बढीको ८ वटै जिल्लाबाट सहभागिता रहने अनुमान गरिएको छ।सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट