भरतपुर : चितवन उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली विजयी भएका छन् ।
मंगलबार सार्वजनिक भएको नतिजामा वरिष्ठ उपाध्यक्षमा पदका प्रत्याशी लोकबहादुर रानाभाटलाई हराउँदै ओली विजयी भएका हुन् ।
ओलीले १ हजार ८ सय ५६ मत ल्याउँदा रानाभाटले ८ सय ५४ मत ल्याएका छन् । १ हजार २२ मत अन्तरले ओली विजयी भएका हुन् ।
कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij